साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ को विन्दुमा पुगेको छ।

आज ३५६ कम्पनीका २ करोड १५ लाख ८० हजार ११५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख ८१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ७ उपसूचकहरू हरियाली भएका छन्।

सेयर बजारमा सुधार आउँदा मिड सोलु हाइड्रोपावरको सेयर सर्वाधिक १४.९ प्रतिशतले बढेको छ । त्यसैगरी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ७.७५ प्रतिशत, मैलुङखोला जलविद्युत परियोजनाको ५.६३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर