बिहीबार काठमाडाैं लगायत देशभर चिसाे बढेकाे छ । काठमाडाैं उपत्यकामा माैसम बदली रही धुम्म रहेकाे छ । तराईका केहि स्थानमा हुस्सु लागेको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसका कारण आज कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली रहेकाे छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएकाे छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकाध स्थानमा हल्का हिमपातको पुर्वानुमान गरिएकाे छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९.६ रहेको महाशाखाले जनाएको छ । यसैगरी, जुम्लाकाे न्यूनतम तापक्रम-२.७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस रहेकाे छ ।
तर बिहानको समयमा देशको तराईका थोरै भू-भागहरूमा लागेको हुस्सु मध्यान्न पछि भने क्रमिक रुपमा सुधार हुँदै जाने पुर्वानुमान गरिएकाे छ । हुस्सुकाे प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा माैसम पुर्वानुमान महाशाखाले अनुरोध छ।

यसैगरी, कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी, महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशकाे पहाडी भागमा माैसममा बदली रहने अवस्था छ। शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

शनिबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पुर्वानुमान गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर