विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्ने अनुमति दिएको हो।
नेपालमाथि पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ।










