मानिसलाई जाडो मौसममा विभिन्न रोगले सताउने गरेको पाईन्छ । जाडो मौसममा बढी चिसो हुने हुँदा दम, छालाको समस्या, जोर्नी दुख्ने,घुँडा दुख्ने, रुघाखोकी लाग्ने, मुटुसम्बन्धी समस्या र निमोनिया, हृदयघातलगायतका समस्या हुने गरेको पाईन्छ ।

जाडो महिनामा दमका रोगहरु बल्झिने हुन्छ । दमको बिरामीहरुलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो । जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ । साना बालबालिका र इम्युनिटी पावर कम भएका बिरामीहरुलाई जाडो महिनामा भाइरल डायरिया पनि हुने गरेको पाईन्छ ।

हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेका र वाथ भएका बुढाबुढीहरुलाई गर्मी महिनाको तुलनामा जाडो महिनामा चिसोका कारण जोर्नीहरु बढी मात्रामा दुख्ने गरेको पाईन्छ । जाडो वा चिसो मौसममा शरिरमा हुने रक्तसञ्चार कम हुँदा बढी मात्रामा जोर्नी दुखेको महसुस हुन्छ । जोर्नी दुख्ने बिरामीहरु गर्मीमा नहुने भन्ने हुँदैन ।

हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेकाका बिरामीलाई जाडो समयमा तातो वा न्यानो बनाउँदा सहज महसुस हुन्छ । सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएरपनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ ।

जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।

चिसो मौसममा हाम्रो शरिरमा गतको तापमान कायम गर्नु आवश्यक हुन्छ । तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ । जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ ।

जाडो याममा जोर्नीको दुखाईबाट बच्न प्राकृतिक तौरतरिका अपनाउन सकिन्छ । प्राय एकै स्थानमा लामो समय नबस्ने, हिँडडुल गर्ने, शरीरको मसाज गर्ने, शरीरलाई न्यानो बनाउने, घाम वा आगो ताप्ने । त्यससँगै केही यस्ता प्राकृतिक विधी छन्, जसले जोर्नीको दुखाईमा राहत मिल्छ ।

पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ । तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ । जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ ।

दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ । दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ ।

लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हँुदैन । तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।

भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ । कपडामा ४–५ कागतिको टुक्रा बाँधेर तातो तिलको तेलमा केही बेर डुबाउने र त्यसलाई घुँडामा लगाउनुपर्छ । तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर