राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।

उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउँडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

‘बिहान ९ बजेको टिकट थियो । मौसम खराब हुँदा अहिलेसम्म उडान भएको छैन’ उनले भने । यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर