जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् ।

मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बेलुकी करिब ६ बजे दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर