रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहेको छ ।
ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको हो ।यसैबीच त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन् ।
उनले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’
उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’










