जेन जेड आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेन जेड आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो ।
बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो ।
जेन जेड आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् ।
सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर र नवीकरण दस्तुरका साथै जाँच पास र बाटो इजाजत पत्र, नवीकरण दस्तुर समेत मिनाहा गरिएको छ ।
प्रदेश सरकारले दिएको सुविधा लिनका लागि सवारी धनीले प्रहरी मुचुल्कासहित पूर्ण क्षति भएको दुष्ट्याइँ गर्ने आवश्यक कागजात पेस गर्नुपर्ने छ ।
जेन जेड आन्दोलनका कारण यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधनले आगामी माघ मसान्तसम्म दस्तुर बुझाउन आएमा बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने जरिवाना तथा थप जरिवाना छुट पाउने छन् ।










