साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।
आज सान्भी इनर्जीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूलय प्रतिकित्ता ८.१६ प्रतिशतले बढेको हो । त्यसैगरी, एसवाइ प्यानल नेपालको ५.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।










