साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४४ अंकले बढेर २५३८.११ को विन्दुमा पुगेको छ।

आज ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू हरियाली भएका छन्।

सेयर बजारमा सुधार आउँदा उपकार लघुवित्तको सेयर सर्वाधक ११.८७ प्रतिशतले बढेको छ । त्यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युतको १०.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर