साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा पुगेको छ।

आज ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू हरियाली भएका छन्।

सेयर बजारमा सुधार आउँदा पियोर इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गणपति लघुवित्तको ७.३५ प्रतिशत, श्रीनगर एग्रिटेकको ६.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर