साताको अन्तिम सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा पुगेको छ।
आज ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार ९३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सबै उपसूचकहरू हरियाली भएका छन्।
सेयर बजारमा सुधार आउँदा उपकार लघुवित्तको सेयर सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ । त्यसैगरी, अभियान लघुवित्तको १०.०९ प्रतिशत, सिन्धु विकास बैंकको ९.५४ प्रतिशतले बढेको छ ।










