साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ को विन्दुमा पुगेको छ।

आज ३५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका १० उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा पनि सिनधु विकास बैंकको सेयर सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ । त्यसैगरी, सयपत्री हाइड्रोपावरको ८.४१ प्रतिशत, द्दलेम्दी हाइड्रोको ७.३१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर