नेप्से सूचक बढेको छ । ६ दिनदेखि निरन्तर घटेको शेयर बजार आज बुधबार भने बढेको छ । मन्त्रीपरिषद् हेरफेर तत्काल नहुने भएपछि शेयर बजार बढ्न पुगेको हो ।
राष्ट्रिय सभाको माघ दोस्रो साता हुने निर्वाचनपछि मात्र मन्त्रीपरिषद् फेरबदल गर्न सत्तारुढ दलको सहमति भएसँगै शेयर बजार बढ्न थालेको हो ।
यस अघि सूचक २१४१.८७ अंकसम्म पुगिसकेको थियो । तर, त्यसपछि निरन्तर बजार ओरालो लाग्दै आएको छ ।
पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घटेको छ । हिजो मंगलबार पनि नेप्से परिसूचक ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको थियो ।
तर, आज यो समाचार तयार गर्दासम्म नेप्से दोहाेरो अंकले बढेर २०४३ अंकमा पुगेको छ ।