काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ११६ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायाे ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमाडौंबाट साम हेजलेट १, हरिशंकर ९ र स्मित पटेल १३ रन बनाएर आउट भए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए ।

यस्तै, सैफ हसनले २, मोइन अली, कप्तान हर्मित सिंह र ललित राजवंशीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर