जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार रूकुम पश्चिममा दुई जना पक्राउ परेका हुन्।

आठबिसकोट नगरपालिका–१० ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ वर्षीय रेशम राना पक्राउ परेको बताए।

पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरि रहेकाहरू थिए। उनीहरूसहित ८ जना शुक्रबार राति कारागारको सुरूङ खनेर भागेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर