उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री साहसँग आज भएको भेटमा नेपाल-अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
त्यस क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढी गण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरे ।
भेटमा उनीहरूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।










