स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६००  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार ६५५ रुपैयाँमा कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर