नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
मंसिर ८ गते मंगलबार बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उल्लेख गरेका छन्।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।
कांग्रेसले मंसिर महिनाभर अभियान सञ्चालन तयारी गरेको छ। विगतमा कांग्रेसलाई मत दिने तर विभिन्न समयमा अरू पार्टीतर्फ आकर्षित भएकाहरूलाई पुन: घर फर्काउन अभियान सञ्चालन गर्न लागिएको एक पदाधिकारीले बताए।
साथै स्थानीय तह निर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल हुनेछ।










