कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो ।
संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए ।
२०८० सालदेखि क्यान्सरसँग लड्दैआएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एक पटक क्यान्सरलाई जितेका चाम्लिङको दोश्रो पटक अर्को ठाउँमा क्यान्सर दोहोरिएको थियो ।
२०३० माघ ४ गते जन्मिएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउँदै आएका चाम्लिङका ‘जाउँ सँगी गाउँघरैमा, आलु तामाले’ चर्चित गीत हुन् । चाम्लीङका श्रीमती र एक छोरा छन् ।










