पाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७ हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६२८ रुपैयाँ कायम भएको छ ।










