नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने  छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ।
यो रेलको सुरक्षा कसले कसरी गर्ने भन्नेमा नेपाल र भारतबीच लामो समय छलफल चलेको थियो । भारतीय रेल नेपाली भूमिमा चल्दा त्यसको सुरक्षा कसले गर्ने भन्ने प्रश्न थियो । नेपालले नेपाली भूमिमा आफ्नै सुरक्षाकर्मी हुने भनेको थियो । भारतले भारतीय रेल भएकाले रेल जहाँसम्म जान्छ त्यहाँसम्म आफ्नै सुरक्षाकर्मी हुने बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर