हाम्रो शरीरलाई अत्यावश्यक सूक्ष्म पोषक तत्व हो जुन शरीर आफैले बनाउन सक्दैन्। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने भिटामिन ए प्रशस्त मात्रामा हुन्छ। त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाका दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिनापछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ।
शरीरमा भिटामिन ‘ए’ को काम शरीरले भिटामिन ए लाई कलेजोमा सञ्चित गरेर राखेर आवश्यक अन्य स्थानहरुमा पुर्याउँछ। भिटामिन ए ले शरीरको छाला र शरीरका विभिन्न अंगको झिल्लीलाई चुस्त दुरुस्त राख्न मद्दत गर्छ। जसमा श्वासप्रश्वास, आन्द्रा आँखा, कान, पिसाब थैली लगायतका झिल्ली पर्दछन्। साथै कम प्रकाशमा आँखाले देख्नको लागि पनि भिटामिन ए अत्यावश्यक हुन्छ। यसका अतिरिक्त शरीरको वृद्धि विकास प्रजनन शक्ति र रोग प्रतिरोधात्मक शक्तिको विकासका लागि पनि भिटामिन ए जरुरी हुन्छ।
भिटामिन ए प्रसस्त मात्रामा पाइने खानेकुराहरु यसप्रकार रहेका छन्: हरियो सागसब्जी, गाजर, फर्सी, मेवा आँप, कलेजो, अण्डा, दुध आदी। यी खानेकुराहरु धेरैको घरमै उपलब्ध हुने हुनाले आमाबाबुले आफना बालबालिकालाई यी खानेकरा नियमित दिन सकिन्छ। हाम्रा वरिपरि भएका खानेकुरामा नै भिटामिन प्रसस्त मात्रामा पाइने भए पनि कहिलेकाहीं खानेकुराको अभाव, चेतनाको अभाव वा खाने तरिका नमिल्दा पनि बालबालिकामा भिटामिन ए को कमी हुनसक्छ। त्यसैले यस्तो अवस्थाका लागि भिटामिन ए क्याप्सुलका रुपमा दिने गरिन्छ।
भिटामिन ‘ए’ को कमीले लाग्ने रोगहरु:
शरीरमा भिटामिन ‘ए’ को कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन्। जस्तैc, छालाको सुख्खापन र अन्य समस्या, हड्डीको विकासमा कमी, रोगसँग लड्ने क्षमतामा कमी, बारम्बार र कडा किसिमको निमोनिया हुनु कपाल रुखो हुने, छाला सुख्खा हुने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, निद्रा नलाग्ने, तौल घट्ने एवं झाडापखाला लागिरहनु आदी।