विल्सनविक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गर्ने फिल्म ‘मैझारो’को शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् ।

यसअघि ‘कबड्डी’, ‘ऊनको स्विटर’ लगायतका केही फिल्ममा विल्सन र मिरुनाले अभिनय सहकार्य गरिसकेका छन् ।

‘मैझारो’मा यसअघि धीरज मगर अनुबन्धित भैसकेका छन् । टिभी सिरिजमा तक्मे बुढा नामले चर्चित विल्सनले पहिलोपटक लेखन तथा निर्देशन गर्न लागेको यो फिल्म छायांकन तयारीमा छ ।

यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत हुनेछ । गायनमा राजेशपायल राई छन् । सौरभ लामाले छायांकन गर्दैछन् ।

साउनको पहिलो हप्ताबाट छायांकन हुने यो फिल्मलाई इलाम र पाँचथरका रमणीय स्थानमा खिचिने छ ।

सामाजिक कथावस्तुमा आधारित हुने यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थको कथावस्तुमा निर्माण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर