हामीले खाएको पानी फिल्टर गर्ने काम किड्नीको हो । हामीले खाएको पानी किड्नीले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर फाल्छौँ । जब हामी हामीले कम पानी खान्छौँ, त्यति नै शरिरमा पानीको मात्रा कम हुन जान्छ । पानीको मात्रा कम हुँदा पिसाव कम हुन्छ । जब शरिरमा पानी र पिसावको मात्रा कम हुन्छ, तब किड्नीमा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ ।

मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।

तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।

६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आफैं बगेर जाने सम्भावना हुन्छ । त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।

पत्थरी भएको कसरी थाहा पाउने ?
कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।

उपचार विधि
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ । किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्यापउनुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर