लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका नदी सतह बढ्न थालेको छ ।  बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदिको जलसतह बढेको हो ।

जलसतह बढेसँगै बागमती नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी तैनाथ हुन थालेका छन् । प्रहरीले बागमती नदी किनारमा साइरन बजाएर, माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गर्न थालेको छ । बागमती नदी किनारको च्यासल क्षेत्र, शंखमुल क्षेत्र, बागमती दोभान क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै प्रहरी माइकिङ गरिरहेको छ ।

यस्तै नेपाली सेनाले निरन्तर नदी किनारमा रहेको करिडोरमा सवारी गस्ती  समेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर