
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
कपिलवस्तुमा अत्यधिक गर्मीले एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो।
गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए । जेठ १७ गते साँझ साढे ६ बजे तिर कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला परेका हुन।
बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए । शुक्रबार मात्र उनको पहिचान खुलेको थियो।
इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताए ।