सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्।पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन्।
अघिल्लो वर्ष (सन् २०२३) को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक आएका थिए।
यद्यपि कोरोनाअघि सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक आएका थिए। यसपालि सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।
पर्यटन बोर्डको तथ्यांक अनुसार भारतबाट २५ हजार ८३२ पर्यटक यो एक महिनामा आएको देखिन्छ।
चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक आएका छन्।
यससँगै सन् २०२४ को ८ महिना (जनवरीदेखि अगस्टसम्म)मा ७ लाख २ हजार ३३४ पर्यटक आएका छन्।
पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए।
त्यस्तै, जुन महिनामा ७६ हजार ७३६, जुलाई महिनामा ६४ हजार ५९९ र अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका छन्।