नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ।
१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन सक्यो।
काठमाडौंको लागि जेरार्ड इरासमस २०, करण केसी १९, स्टेफन इस्किनाजी १७, माइकल लेभिट आठ, रसिद खान सात, प्रतिक श्रेष्ठ छ, भीम सार्की चार, डान डाउथवेथ एक रन , सुमित महर्जन,दिपेश कंडेल शून्यमा आउट भए। साहव आलम ८ रनमा अविजित रहे।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लको समान तीन/ तीन, मोहम्मद मोहसिन दुई, अरनिको यादव र किशोर महतोले समान एक/एक विकेट लिए।