फिल्म ‘सानो संसार’ आगामी कात्तिक ९ गतेदेखि पुनः प्रदर्शन हुने भएको छ । अविरल वर्षा, बाढी र पहिरोबाट काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएकोले फिल्म प्रदर्शनको दोस्रो दिनमै स्थगित गरिएको थियो ।
निर्माण अर्जुन कुमारले कात्तिक ९ गतेदेखि पुनः प्रदर्शन व्यवस्था मिलाइएको जानकारी दिए । सानो संसार’ एउटा मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म हो ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ ।