सलमान खान र कट्रिना कैफ अभिनित जासूस ड्रामा फिल्म ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा उछाल ओपनिङ गर्ने देखिएको छ । प्रमुख भारतीय मल्टिप्लेक्स पीभीआर, आइनक्स र सिनेपोलिसमा मात्र पहिलो दिनका लागि फिल्मका ५५ हजार टिकट बिक्री भएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

तीनै मल्टिप्लेक्सले पाँच लाख जति टिकट बिक्री हुने प्रक्षेपण गरेका छन् । भारतभर ४.२ करोड भारुको अग्रिम टिकट बिक्री भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बुकिङ खुलेको तेस्रो दिनसम्म देशभर एक लाख ४० हजार टिकट बिक्री भएको समाचारमा उल्लेख छ । यो टिकट ७३९२ शोबाट प्राप्त भएको हो ।टिकट बिक्री गर्ने वेबसाइट ‘माइ बुक शो’ले मात्रै ‘टाइगर ३’ का ८० हजार टिकट बिक्री गरेको उल्लेख छ । यो फिल्म लक्ष्मीपूजाको दिनमा आइतबार प्रदर्शन तयारीमा छ । लगातार चार दिनसम्म भारतमा दीपावली बिदा भएकाले कलेक्सनमा उछाल आउने जनाइएको छ । यसअघि यस्तो एड्भान्स टिकट बिक्री जवान, पठान र वारले मात्रै बिक्री गर्न सकेका थिए ।

यशराज ब्यानरमा मनिष शर्माले निर्देशन गरेको यो फिल्म भारतसहित नेपालमा पनि लक्ष्मीपूजाकै दिनमा रिलिजको तयारीमा छ । नेपालमा अग्रिम टिकट बिक्री नभए पनि स्टारडम र चलेको ब्राण्ड भएकाले ओपनिङ आक्रामक हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर