शुक्रबारदेखि देशव्यापी पुनः प्रदर्शनमा आउने फिल्म ‘सानो संसार’को पुनः प्रिमियर गरिएको छ ।

बुधबार साँझ क्यूएफएक्सको राइजिङ मलमा गरिएका प्रिमिएरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, हिमेश पन्त लगायतका फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । अर्जुन कुमार र माधव वाग्लेको निर्माण रहेको फिल्म यसअघि असोज ११ गते प्रदर्शनमा आए पनि बाढी पहिराेका कारण निर्माण युनिटले ३ दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो ।

फिल्मको कथावस्तु र कलाकारको अभिनयले मन छोएको प्रिमियरमा हरिवंशले बताए । ‘धेरै समयपछि मध्यमवर्गको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ’ उनले भने ।

हरिबंशको कुरो मदनकृष्णले पनि दोहोर्‍याए । उनले राम्रो फिल्म बनाएकोमा निर्माता अर्जुन कुमारलाई बधाई दिए ।पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छिन् ।

सीताका अलावा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । सबै कलाकारले नेपाली फिल्ममा यसै मार्फत डेव्यु गरेका हुन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर