यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा मात्रै अक्टोबरका २१ दिनमा एक हजार ९९८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर