काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको हो । त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ । पसलहरूमा त्यस्ता प्लास्टिकका सामान देखेको खण्डमा नगर प्रहरीले जफत गर्न थालेको छ । दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न महानगरले अनुरोध गरेको हो ।