कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा भित्रिएकी छन् ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहाना फिल्ममा भित्रिएको जानकारी दिए । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा सङ्गृहीत छ ।
फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुसी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो’, उनले भनिन् ‘मेरो होम प्रोडक्सन बाहिरको यो पहिलो फिल्म हो ।’
लक्ष्मण सुनारले निर्देशन गर्ने फिल्मको प्रदर्शन २०८२ को दसैँमा हुनेछ । यो नामबाट ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म बनाएका थिए ।
फागुनदेखि छायाङ्कन सुरु हुने फिल्ममा कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैझगडालाई प्रस्तुत गरिने बताइन्छ ।










