नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे ।

ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिए।

कार्यक्रममा एनपिएलमा सहभागी हुने आठ टिमका मार्की खेलाडीको उपस्थिति थियो।

आगामी मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

पुस ६ गते फाइनल हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर