
साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । आजबजार १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सात उपसूचक हरियाली भएको छ ।
आज सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्स कम्पनीको करोड २६ लाख ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।