
साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । उक्त दिन बजार ४.४८ अंकले बढेर २९९३.३६ को विन्दुमा कायम भएको हो ।
उक्त दिन सबैभन्दा राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७७ करोड २१ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ग्रिन भेन्चर्सको ६६ करोड २८ लाख ६७ हजार रुपैंया, लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख २७ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ३० लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।