
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।
टस हारी ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो ।
जारी एनपीएलमा बनेको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि विराटनगरविरुद्ध सुदूरपश्चि रोयल्सले सात विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।