त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर  २७ गते नीति अधिवेशन बोलाएको छ ।

त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ ।

त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा समेत छलफल हुनेछ ।

त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ ।

त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए ।

उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् । त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर