नेपाल प्रिमियर लिगमा ‍काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई एक विकेटले हराएको छ। ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौं १८.१ ओभरमा १२० रन बनायो।

काठमाडौंका लागि प्रतिक श्रेष्ठ ३९, रसिद खान १४, जेरार्ड एरासमस १२,  माइकल लेभिट १०, साहव आलम दुई, भीम सार्की, स्टेफन इस्किनाजी र डान डाउथवेथ  समान एक, करण केसी शून्य आउट भए भने दिपेश कंडेल ११ र शंकर राना १६मा अविजित रहे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछने तीन, बसिर अहमद, अनिल खरेल र क्रिश सोल समान दुई/दुई विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो।   विराटनगरका लागि राजेश पुलामी मगर २५, दिपक बोहरा २० , स्कट एडवार्ड १५,, बसिर अहमद १३, निकोलश किर्तन १२, लोकेश बम ९, सुवास भण्डारी ६, इस्मत आलम ५, क्रिश सोल एक, सन्दीप लामिछाने शून्यमा आउट भए।

जेरार्ड एरासम तीन, दिपेश कंडेल दुई , डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले एकएक विकेट लिए। यसअघि जारी एनपीएलमा काठमाडौंले ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक जोडेको थियो।काठमाडौं तालिकाको पाँचौं स्थानमा थियो। समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा थियो।

प्रतिक्रिया

सम्बन्धित खवर