पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा हलिउड फिल्म र वेब सिरिजमा व्यस्त छिन्।
उनी सन् २०१९ मा बलिउड फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्। त्यतिबेला देखि उनी हलिउड प्रोजेक्टसमै व्यस्त छिन्। उनको एक बलिउड फिल्म ‘जि ले जरा’ लामो समयदेखि रोकिएको छ। यसमा कटरीना कैफ र आलिया भट्ट पनि हुनेछन्।
प्रियंकाले भारतीय सञ्चारमाध्यम एचटी सिटीसँग कुराकानी गर्दै २०२५ मा भारतीय फिल्ममा कमब्याक गर्ने बताएकी छन्। उनले एस एस राजामौलीको आगामी फिल्म साइन गरेकी हुन्।
यो फिल्म अफ्रिकी जंगल एडभेन्चरमा आधारित हुनेछ। तर फिल्मको नाम तय गरिएको छैन। फिल्ममा महेश बाबूको पनि मुख्य भूमिका हुनेछ।
प्रियंकाले २०२५ अप्रिलदेखि छायांकन सुरू गर्नेछिन् भने महेश बाबूले २०२६ मा छायांकन सुरू गर्नेछन्।
प्यान इन्डियाको फिल्ममा २०२७ मा रिलिज गरिने बताइएको छ। यतिबेला प्रियंका हलिउड फिल्म ‘हेड्स अफ स्टेट’ र ‘द ब्लफ’ को प्रदर्शनको पर्खाइमा छिन्।










