चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।

चीनमा दिखएको हालैका घटनामा राइनोभाइरस र ह्युमन मेटान्युमोभाइरस जस्ता रोगहरू भेटिएका छन्। १४ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा मेटान्युमोभाइरस संक्रमणको संख्या उत्तरी प्रान्तहरूमा बढ्दो क्रममा रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

यद्यपि विभिन्न रिपोर्ट र सामाजिक सञ्जालहरूमा संकटबारे चर्चा भइरहे पनि चिनियाँ अधिकारीहरू र विश्व स्वास्थ्य संगठनले हालसम्म यसलाई आपतकालको रूपमा घोषणा गरेका छैनन्। यो वृद्धि विशेषगरी जाडो मौसमसँग मेल खाएको हुन्छ, जुन श्वासप्रश्वास सम्बन्धी रोगहरू सामान्यतया उच्च हुने समय हो।

एचएमपिभी के हो?
मेटान्युमोभाइरस एक सामान्य प्रकारको भाइरस हो जसले श्वासप्रश्वास प्रणालीलाई संक्रमित गर्छ। यो भाइरस सबै उमेरका मानिसहरूमा हुन सक्छ तर विशेष गरी बच्चाहरू, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा गम्भीर समस्या निम्त्याउन सक्छ।

सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार एचएमपिभी एक श्वासप्रश्वाससम्बन्धी भाइरस हो, जसले माथिल्लो र तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउन सक्छ। यो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई प्रभावित गर्न सक्छ, तर बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ।

सिडिसीका अनुसार एचएमपिभीका लक्षणहरु रुघा खोकी,ज्वरो,घाँटी दुख्ने,सास फेर्न कठिनाइ वा घ्यारघ्यार आवाज (गम्भीर अवस्थामा),कहिलेकाहीँ, यो संक्रमणले ब्रोंकाइटिस, निमोनिया, वा दमसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ।

यो भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपा, नजिकको सम्पर्क (जस्तै, हात मिलाउँदा वा छुँदा), तथा प्रदूषित सतहलाई छोएपछि मुख, नाक, वा आँखालाई छुँदा फैलिन सक्छ।

जब कुनै संक्रमित व्यक्ति खोक्छ वा हाच्छिउँछ, उसको मुखबाट निस्किएका थोपाहरूमा यो भाइरस हुन्छ। यी थोपाहरूलाई अर्को व्यक्तिले सास फेर्दा उसलाई संक्रमण हुन सक्छ।

संक्रमित व्यक्तिले छोएको कुनै वस्तु छोएर हामीले आफ्नो मुख, नाक वा आँखा छोएमा पनि हामीलाई संक्रमण हुन सक्छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। यो अवस्थामा संक्रमणको रोकथामका लागि सचेतना र सावधानी अत्यन्त महत्त्वपूर्ण छ

प्रतिक्रिया

सम्बन्धित खवर