साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउदा हुँदा १२ उपसूचक राताम्मै भएको छ ।
आज बजारमा गिरावट आउँदा बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।