भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) का दुई संक्रमित फेला परेका छन् ।

नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ ।

सङ्क्रमित दुवै  बालबालिका हुन् ।तीन महिनाकी बालिकामा सङ्क्रमण देखिएको तर, उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ ।

सोमबार बिहानै आठ महिनाको एक बच्चा पनि एचएमपीभी देखिएको बच्चाको बैंगलुरुको अस्पतालमा उपचार भइरहेको भन्दै समाचार आएको थियो ।

बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर