
साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । आज बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।