आज शुक्रबार हलमा दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ।

हलमा अन्य फिल्म रिलिज नहुँदा नेपाली फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ ले सोलो रिलिजको अवसर पाएको छ। साथै फिल्मले मल्टिप्लेक्स हलमा उत्साहजनक शो पाएको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मलाई क्युएफएक्सले काठमाडौंमा २५ र काठमाडौंबाहिर ३५ गरी ६० शो दिएको छ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। फिल्ममा नाजिर, सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिकामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर