आज शुक्रबा ‘एक्टर : टेक वान’  फिल्म देशभर  प्रदर्शनमा आएको छ ।  फिल्म ‘एक्टर : टेक वन’ वा सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो ।

रिलिज भरसकको ‘एक्टर’का निर्माताले नाममा विवाद झिकेर अदालतमा मुद्दा हालेको कारण फिल्म बुधबार रिलिज हुन सकेन ।

बिहीबार ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबिच सहमति भएपछि ‘एक्टर : टेक वन’लाई प्रदर्शनको बाटो खुलेको हो ।

जसको जानकारी फिल्म युनिटले एक पत्रकार सम्मेलन गर्दै दिएको थियो । राजन भुसाल निर्देशित ‘एक्टर : टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको अभिनय छ ।

अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर