त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसामू कमजोर प्रदर्शन गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, कपतान इन्दु बर्माले १० रन बनाउँदा डेब्यु गरेकी राजमती ऐरी ११ रनमा अविजित रहिन्।

अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा छ ।

तर नेपाल विरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्डका लागि आज पनि जित निकाल्न सहज लक्ष्य प्राप्त भएको छ।

यसअघि नेपाल थाइल्याण्डसँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर