अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो ।
फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्मको अहिले आँचल र खगेन्द्र मात्र फाइनल भएका हुन् ।
अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।
आलोक शुक्लाको फिल्ममा छायाङ्कन रहनेछ ।निर्देशक एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।










